arrow

हैटीमा म्याथ्यु आँधीमा मृत्यु हुनेको संख्या आठ सय नाघ्यो

logo
प्रकाशित २०७३ असोज २२ शनिबार
haiti.jpeg
हैटी । क्यारेबियाली राष्ट्र हैटीमा  ‘म्याथ्यु’ आँधीका कारण मृत्यु हुनेको संख्या आठ सय नाघेको छ ।
 
संयुक्त राष्ट्रसंघले हैटीमा आँधीले गरेको क्षतिको यकिन विवरण आउन समय लाग्नसक्ने जनाए पनि मृतकको संख्या भने बढ्ने निश्चित छ । 
 
आँधीका कारण हैटीको दक्षिणी क्षेत्रमा बढी प्रभाव परेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम भइरहेको छ ।
 
बढी प्रभावित भएका केही सहरमा हवाई तथा जलमार्गबाटमात्र पुग्न सकिने विश्व खाद्य कार्यक्रम डब्लुएफपीले जनाएको छ ।
 
म्याथ्यु आँधी विध्वंस मच्याउँदै अमेरिकाको फ्लोरिडा प्रवेश गरेको छ । फ्लोरिडामा पनि केहीको मृत्यु  भइसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ