arrow

मन्त्री बस्नेत स्वदेश फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
mohanbahadur-basnet-minister.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत स्वदेश फिर्ता भएका छन् ।

स्विजरल्यान्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को ७६औँ महासभामा सहभागी भएर उनी आज बिहान स्वदेश फिर्ता भएका हुन् । 

सभामा रहँदा नेपालको स्वास्थ्य क्षेत्रसम्बन्धी काम गरिरहेका विभिन्न मित्रराष्ट्रहरु दाताहरु तथा सम्बद्ध निकायसँग भेट गरेका उनका प्रेस सल्लाहकार रामचन्द्र दुलालले जानकारी दिए ।

बजेटका कारण उनी महासभा नसकिँदै स्वदेश फर्किएका हुन् ।

मन्त्री बस्नेतसँगै मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटासहित ६ जनाको समूह जेनेभा गएको थियो ।

मन्त्री बस्नेत स्वदेश फर्के पनि मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा देवकोटाको टोली महासभामा सहभागी रहेको छ । 

महासभाले डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तीय नीतिको सुपरिवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्नेछ । महासभा यही जेठ ७ देखि १६ गते (मे २१ देखि ३० गते) सम्म हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ