arrow

नागरिकता विधेयक

विद्याले रोकेको विधेयक रामचन्द्रलाई पठाउने सरकारको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
prachanda-cabinet-2080-02-13.jpg

काठमाडौं । सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले दुवै संसद्ले दुई पटक पारित गरिसकेको विधेयक प्रमाणीकरणका लागि शीतल निवास पठाउने निर्णय गरेको हो ।

यसअघि संसद्‌ले दुईपटक पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेपछि सो विधेयक अलपत्र रहेको छ । 

संविधानमा भने राष्ट्रपतिले दुवै सदनबाट पारित भएर आएको विधेयक रोक्ने व्यवस्था छैन । उनले एक पटक फिर्ता पठाएको भए पनि दोस्रो पटकसमेत पारित भएर आए पनि प्रमाणीकरण गरिनन् । 

यता पौडेल राष्ट्रपति निर्वाचित भएपछि उनले यो विधेयकबारे कानूनविद्हरूसँग लगातार परामर्श गरेका थिए ।

अब राष्ट्रपति पौडेलले के गर्छन् भन्ने विषय चासोका साथ हेरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ