arrow

दलको उपनेतामा थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
Bindu-K-Thapa.jpg

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकुमार थापा मनोनित भएका छन ।

उनलाई नेपाली कांग्रेस संसदीय दलका नेता एवम् गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उपनेतामा मनोनित गरेका हुन् ।

थापालाई नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा ६ को उपधारा ६ बमोजिम दलको उपनेतामा मनोनयन गरिएको बताइएको छ ।

थापा गत मंसिरमा सम्पन्न निर्वाचनमा कास्की क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

थापा यसअघि कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री थिए ।

चुनाव अघि र चुनाव पछि उनले आफूलाई गण्डकीको मुख्यमन्त्रीको रुपमा चर्चा गर्ने गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ