arrow

तीसौँ जलवायु शिखर सम्मेलन ब्रजिलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
cop26-climate-change-glasgow-deforestation.jpg

ब्रजिल ।  संयुक्त राष्ट्र सङ्घले सन् २०२५ मा अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप –३०) आयोजनाका लागि ब्रजिललाई छनोट गरेको छ । 

ब्रजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि अमेजोनियन सहर बेलेम डो पारामा तीसाँै कोप आयोजना गरिने   घोषणा गरेका छन् । 

अमेरिकी केबल न्युज नेटवर्क सीएनएनका अनुसार राष्ट्रपति लुलाले ट्विटरमा पोष्ट गरिएको भिडियोमा आफूले इजिप्ट, पेरिस, कोपेनहेगनमा जलवायु सम्मेलनमा भाग लिएको र सम्मेलनमा उपस्थित प्रायःसबैले अमेजनका बारेमा कुरा गरेकाले अमेजनलाई चिनाउन उक्त सम्मेलन अमेजनमा नै गर्न चाहेको उल्लेख गरेका छन् । 

ब्रजिलका विदेश मामिला मन्त्री माउरो भिइराले संयुक्त राष्ट्रसङ्घले गत वर्ष इजिप्टमा भएको जलवायु सम्मेलनमा ब्रजिलका राष्ट्रपति लुलाको अनुरोधलाई स्वीकार गर्दै ब्राजिलको प्रस्तावलाई हालै अनुमोदन गरेको बताएका छन् । बेलेम डो पारा अमेजन जंगलको किनारमा अवस्थित उत्तरी ब्राजिलको सहर हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ