arrow

फ्रेन्च लिग वानको उपाधि पीएसजीलाई, मेस्सीको कीर्तिमानी गोल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
messi-psg-2023-05-28.jpg

काठमाडौं । फ्रेन्च लिग वान फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ । शनिबार राति स्टार्सवर्गसँग १–१ गोलको बराबरी खेल्दै पीएसजीले एक खेलअघि नै नै लिग वानको उपाधि पक्का गरेको हो । 

खेलको ५९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई शुरुआती अग्रता दिलाएका थिए ।

केलियन एम्बाप्पेको पासमा मेस्सीले गोल गरेका थिए । मेस्सीको यो युरोपको शीर्ष पाँच लिगमा ४९६ औं गोल हो । उनले क्रिष्टियानो रोनाल्डोको नाममा रहेको ४९५ गोलको कीर्तिमान तोडेका छन् ।

खेलको ७९ औं मिनेटमा केभिन गेमिरोले गोल गर्दै स्टार्सवर्गलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै च्याम्पियन बनेको पीएसजीले ३७ खेलमा ८५ अंक जोडेको छ । ३७ खेलबाटै दोस्रो स्थानमा रहेको लेन्सको ८१ अंक छ । 

पीएसजी अन्तिम खेल खेल्नुअघि नै उपाधि पक्का गर्न सफल भएको हो । 

पीएसजीले ११ औं पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ