arrow

प्रचण्ड भारत जानुअघि अनुभवीहरुसँग सामूहिक परामर्शमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
prachanda-deuba-oli-2080-01-30.jpg
तस्बिर – फाइल ।

काठमाडौं । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामूहिक छलफल गर्ने भएका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा दुई चरणमा सामूहिक छलफल गर्न लागेका हुन । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार पहिलो चरणमा पूर्व प्रधानमन्त्री तथा राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल हुनेछ । यो छलफल दिउँसो २ बजेबाट हुनेछ ।   

 उनका अनुसार दोस्रो चरणमा कुटनीतिक परामर्श गर्नेछन् ।  जुन छलफलमा पूर्व परराष्ट्र मन्त्रीहरु तथ भारतका लागि पूर्व नेपाली राजदूतहरु सहभागी हुनेछन् ।

दोस्रो छलफल ३ः३० बजे शुरु हुनेछ ।  

प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका लागि जेठ १७ गते भारत जाँदैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ