- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर, तीन तहको सरकार – सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित गर, लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गर भन्ने आह्वानसहित सिंहदरबार दक्षिण ढोका धर्ना गरिएको छ ।
शान्ति समाजले गरेको प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुको सहभागिता रहेको थियो । शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणको सुक्ष्म अध्ययन–अनुसन्धान गरी दोषीहरु प्रमुख दलका शीर्ष नेतासहित जो कोही हुन् कानूनसम्मत कारबाही गर्न माग गर्दै २४ जिल्लामा ५० वटा धर्ना प्रदर्शन गरिसकेको छ ।
यसले यो प्रकरणमा संलग्नहरुलाई उन्मुक्ति दिन गरिने कुनै पनि प्रयास र सौदाबाजीको निन्दा गर्दै आएको छ ।