arrow

रेशम चौधरीलाई माफी, कैद मिनाहा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
resham-chaudhary.jpg
तस्बिर – फाइल ।

काठमाडौं । रेशम चौधरीको कैद मिनाहा भएको छ । गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ जना कैदीको बाँकी कैद मिनाहा गरेका हुन् । 

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०–०२–१२ र २०८०–०२–१४ का बैठकका सिफारिस अनुसार टोप बहादुर बुढासमेतका १९ जना व्यक्तिलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।’’ 

त्यस्तै, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को जेठ १२ को बैठकको सिफारिसमा जेठ १५ गते देखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङरलिम्बूसमेतका ४७५ जना र ज्येष्ठ नागरिक उदय नारायण गिरीसमेतका ७ जना गरी कुल जम्मा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफ गरेका छन् । 

रेशम चौधरीको बारेमा भने चर्को विरोधसमेत भइरहेको छ । 

प्रमुख प्रतिपक्ष दल एमालेलेसमेत विरोध गरेको छ ।

चौधरी नेपाल उन्मुक्ति पार्टीका संरक्षक हुन् । उनकी पत्नी रञ्जिता श्रेष्ठ मन्त्री छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ