arrow

एडीबी अध्यक्ष कान्डा काठमाडौँमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
masata-kanda.jpg

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डा औपचारिक भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन्। उनले नेपाल आगमनको जानकारी सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत गराएका हुन्।

नेपाल ओर्लिएलगत्तै अध्यक्ष कान्डाले एडीबीले नेपालको समग्र विकास, रूपान्तरण तथा दीर्घकालीन आर्थिक वृद्धिमा निरन्तर सहयोग गर्ने बलियो प्रतिबद्धता दोहोर्‍याएका छन्। नेपालको प्रमुख विकास साझेदारका रूपमा रहेको एडीबीले आगामी दिनमा पनि रोजगारी सिर्जना र नयाँ आर्थिक अवसरहरूको विस्तारका लागि आवश्यक पूर्वाधार विकासमा आफ्नो सहयोगलाई निरन्तरता दिने उनले उल्लेख गरे।

अध्यक्ष कान्डाका अनुसार हाल नेपालमा एडीबीको वित्तीय सहयोग र लगानीमा करिब ३ अर्ब ९० करोड अमेरिकी डलर बराबरका विभिन्न विकास आयोजनाहरू सञ्चालनमा रहेका छन्।

नेपाल भ्रमणका क्रममा उनले नेपालको नयाँ सरकारले तय गर्ने विकासका प्राथमिकताहरू र आगामी रणनीतिबारे विस्तृत छलफल गर्ने बताएका छन्। यसका लागि नेपाल सरकारका उच्च अधिकारीहरूसँग हुने उच्चस्तरीय वार्तामा सहभागी हुन आफू निकै उत्सुक रहेको उनको भनाइ छ। नेपाल र एडीबीबीच विगत ६ दशक (६० वर्ष) देखि कायम रहँदै आएको बलियो सहकार्य र साझेदारी आगामी दिनमा अझ बढी मजबुत र प्रभावकारी हुने विश्वास समेत अध्यक्ष कान्डाले व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ