arrow

रेशम चौधरीसहित पाँच सय एक जनाको कैद माफी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
sheetal-niwas-2079-tika.jpg
तस्बिर – फाइल ।

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा सरकारले पाँच सय एक जनाको अपराध माफी गरेको छ । मन्त्रिपरिषदको यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पाँच सय एक जनाको कैद माफी गरेका हुन् । 

मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिस अनुसार कैद माफी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिको कार्यालयले दुई वटा विज्ञप्ति जारी गरी यसबारेमा जानकारी दिएको हो । 

योसँगै कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी पनि छुट्ने छन् । सर्वोच्च अदालतले केहीदिनअघि मात्रै उच्च अदालतको सजाय सदर गरेको थियो । 

 राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ५०१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ