arrow

'रेशम चौधरीलाई आम माफी दिनु भनेको देशमा कानूनको उल्लङ्घन' 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
resham-chaudari.JPG

काठमाडौं । जन्मकैदको सजाय काटिरहेका  रेशम चौधरीलाई आम माफी दिनु भनेको देशमा कानूनको उल्लङ्घन भएको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताएका छन् । उनले सर्वोच्च अदालतले पनि सजायलाई निरन्तरता दिने भनेको अवस्थामा गम्भीर अपराधको दोषी करार भइसकेको व्यक्तिलाई आम माफी दिनु नहुने बताए । 

क्षणिक राजनीतिक लाभका लागि सरकारले अहिले आम माफी दिनुले भविष्यमा देशलाई नै अप्ठ्यारो बनाउने बताए । उनले चौधरीलाई आम माफी दिनु भनेको र देशमा कानूनको उल्लङ्घन गर्दा पनि राजनीतिक बलको आडमा कतिपयलाई सजाय नै हुँदैन भन्ने सन्देश पुग्ने बताए ।

उनले भने, ‘सर्वोच्च अदालतले पनि यो जघन्य अपराध हो, यो मिनाहा हुन सक्दैन भनेको अवस्थामा झनै मिनाहा गर्न सक्ने विषय होइन यो । त्यस विषयमा सरकारले जसरी बल मिच्याइँ गर्दैछ, यसले आउने दिनमा राम्रो परिणाम ल्याउँदैन । शान्ति सम्झौतापछि पनि जसरी घटनाक्रम यसरी हुने र तत्कालको राजनीतिक फाइदाका लागि, तत्कालीन राजनीतिक लाभको लागि यस्ता घटनामा जसरी मुद्दा फिर्ता लिने प्रचलन बढ्दै गएको छ, त्यसले दण्डहीनतालाई प्रश्रय दिएको छ । 

 उनले राज्यले बलमिचाइँका साथ दण्डहीनतालाई प्रश्रय दिनुले देशको छविमा समेत आँच आउने स्पष्टा पारे । उनले यस्ता घटनाक्रमले लोकतन्त्रलाई झनै अप्ठ्यारो बनाउने उल्लेख गरे । 

उनले भने 'मानिसलाई जेसुकै गरे पनि यो देशमा कानूनको उल्लङ्घन गर्दा पनि सजाय राजनीतिक बलको आडमा कतिपयलाई हुँदैन भन्ने सन्देश गएको छ । लोकतन्त्रमा झनै बढी समस्या उत्पन्न गराएको छ । इन्सेकले आफूले गरेको अभिलेख र सर्वोच्च अदालतले पनि सजायलाई निरन्तरता दिने भनेको अवस्थामा यस्तो गम्भीर अपराधको दोषी करार भइसकेको व्यक्तिलाई यसरी आम माफी दिनु हुँदैन । यसले विधिको शासनको जुन मान्यता छ । यसको उल्लङ्घन गर्दछ । '



नयाँ