arrow

रेशम रिहा भएसँगै समर्थक खुशी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
resham chaudhary.jpg

काठमाडौं ।  कैलालीको टिकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरू खुशी देखिएका छन् । 

सोमवार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी पाइ रिहा भएसँगै उनका समर्थकहरू उनको स्वागतका लागि कारागारमा नै पुगेका थिए ।

चौधरीले रिहा भएसँगै मन्त्री क्वार्टर र त्यहाँबाट माइतीघरमा आइ आफ्ना समर्थकहरूसँग भेट गरेका छन् । माइतीघर मण्डलामा पनि उनलाई स्वागत गर्नेहरूको भीड देखिन्थ्यो । 

समर्थकहरूले विरोधका लागि विरोध गर्ने संस्कृति बढिरहेको भन्दै राज्यले भूमि पुत्रलाई जिताएको बताए । रेशम चौधरी रिहा हुनु लोकतन्त्र, पहिचानवादीको जित भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ