arrow

यमनमा भएको सैन्य हमलामा कम्तीमा १४० जनाको मृत्यु

logo
प्रकाशित २०७३ असोज २३ आइतबार
yaman.jpeg
साना । यमनको राजधानी सानामा भएको सैन्य आक्रमणमा कम्तीमा १४० जनाको मृत्यु भएको छ । घटनामा ५०० बढी घाइते भएका छन् । 
साउदी गठबन्धन सेनाले गरेको हवाइ आक्रामणमा त्यति ठूलो संख्यामा ज्यान गएको हो । 
 
सेनाले गरेको आक्रमणमा मारिनेहरु विद्रोही हूती समूहका हुन् । शोकमा सामेल हुन जम्मा भएकाहरुमाथि आक्रमण गरिएको संयुक्त राष्ट्रसंघका  एक उच्च अधिकारीले बताएका छन् । 
 
साउदी गठबन्धन सेनाको यो पछिल्लो एक वर्षको सर्वाधिक सफल आक्रमण हो । 
 
अहिलेसम्म सेनाले ६ हजारबढी मारिसकेको छ । तर गठबन्धन सेनाले यसपटकको आक्रमणलाई भने अस्वीकार गरेको बीबीसीले जनाएको छ । 
हूती विद्रोही यमनको सरकारको विरुद्धमा लडिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ