arrow

एम बैंकबाट आईएमई पेमा पैसा लोड गर्दा हजार क्यासब्याक

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १६ मंगलबार
mbank-imepay-2023.jpg

काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले एम बैंकमार्फत आईएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई रु १००० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । 

सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीतर्फ प्रेरित गर्ने उद्धेश्यका साथ आईएमई पेले एम बैंकमार्फत आईएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकवर्गलाई रु १००० क्यासब्याक दिने भएको हो ।

सो क्यासब्याक अफर अन्तर्गत प्रत्येक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले रु १००० क्यासब्याक जित्न सक्ने आईएमईले जनाएको छ । 

क्यासब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिने छ । यो क्यासब्याक अफर केही समयावधिका लागि मात्र लागू हुने आईएमईले जनाएको छ । 

केही समय यता आइएमई पे र एम बैंकबीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उद्धेश्यका साथ यो सम्झौता भएको थियो । 

सो सम्झौता पत्र आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ