arrow

उर्जामन्त्री बस्नेत भन्छन् –भारतको नक्सामा कपिलवस्तु र लुम्बिनी राखिएको विषय नोटिसमा छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १६ मंगलबार
Shakti-Basnet.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनमा राखेको भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी राखेको नेपाल सरकारको नोटिसमा रहेको जानकारी दिएका छन् । 

मंगलबार बसेको संसदको पूर्वाधार समितिको बैठकमा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयबारे बुझ्न बाँकी रहेको जानकारी दिए । तर सरकारले नोटिस भने गरिसकेको उनको भनाइ छ । 

बैठकमा समिति सदस्यले राखेको प्रश्नको जवाफमा मन्त्री बस्नेतले सो बताएका हुन् । समिति सदस्यहरुले भारतको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर राखिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यसबारे स्पष्ट पार्न अनुरोध गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ