arrow

'भारतलाई ईपीजीको प्रतिवेदन बुझ्न दबाब सिर्जना गर्नुपर्छ'  

चीन र भारतको विरुद्धको सैनिक गठबन्धन गर्नुहुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
nepal-india-flag.jpeg

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले भारतीय पक्षलाई नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदन बुझ्न दबाब सिर्जना गर्नुपर्ने बताएका छन् । ‘प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको राष्ट्रिय सरोकार’ विषयक छलफलमा उनले नेपाली जनता असहज ठानेका सन्धिलाई पुनरावलोकन गर्नुपर्ने भन्दै  प्रतिवेदन बुझ्न दबाब सिर्जना गर्नुपर्ने बताएका हुन् । 

 ईपीजी प्रतिवेदन नेपाल र भारत सम्बन्धको नयाँ आधार पत्र रहेको भन्दै ईपीजी बुझ्न जति ढिला हुन्छ, त्यति नै सम्बन्धमा असर पर्ने महासचिव पोखरेलको भनाइ थियो ।  “ईपीजीको प्रतिवेदन बुझ्ने र कार्यान्वयन गर्ने प्रक्रियामा नेपालको जोड हुनुपर्दछ । ईपीजी नेपाल हितको सर्वाधिक महत्त्व विषय हो । त्यसको आधारमा नयाँ सम्बन्ध बनाउने गर्नुपर्दछ”, उनले भने । 

जोसँग धेरै सम्बन्ध हुन्छ त्यहीसँग खटपट हुने गरेको उल्लेख गर्दै उनले खटपट धेरै भयो भने सम्बन्धलाई असर पार्ने तहमा पुग्ने हो कि भन्ने चिन्ता रहेको बताए । 

परराष्ट्रविद् हीरण्यलाल श्रेष्ठले चीन र भारतको विरुद्धको सैनिक गठबन्धन गर्न नहुने बताए । उनले १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्नुपर्ने भनाइ राखे । नेपाल र भारतका विज्ञ तयार पारेको ईपीजी प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ