arrow

रेशमलाई माफी दिएपछि राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
resham-chaudhari-2080-02-15.jpg

काठमाडौं । टिकापुर हत्या काण्डका दोषी रेशम चौधरीलाई आम माफी दिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन भएको छ ।  पूर्व प्रहरी कर्मचारी सङ्गठन सुनसरीले इनरुवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो। 

जन्मकैद सजाय भोगिरहेका रेशमलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारले आम माफी दिएको थियो ।  प्रहरी उच्च अधिकारी सहितको हत्यामा जन्मकैद भोगिरहेका व्यक्तिलाई माफी दिनुले प्रहरी कर्मचारी र परिवारको मान सम्मानमा चोट पुगेको पूर्व प्रहरी कर्मचारी पहल बहादुर कटवालले बताए। 

पुत्ला दहन कार्यक्रममा प्रदर्शनकारीले  सरकारको सिफारिसमा रेशमलाई राष्ट्रपतिले आम माफी दिनु मुलुकको कानूनी राज्य प्रतिको उपहास भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ