arrow

रेशम चौधरीविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
supreme-court-long.jpg

काठमाडौं । सर्वोच्च अदालतमा आज रेशम चौधरीले आम माफी पाएको विरुद्धमा परेको रिटको सुनुवाइ हुँदैछ । 

टिकापुर प्रकरणमा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका रेशमलाई गणतन्त्र दिवसको अवसरमा आम माफी दिइएको थियो । 

घटनामा परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले आइतबार दर्ता गराएकी थिइन् । 

शारदाले दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकेको हो । 

हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमबिरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो । 

तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि उनी दुईदिन अघि डिल्लीबजार कारागारबाट रिहा भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ