arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

आज पूर्व गृहमन्त्रीले बयान दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
balkrishna-khand-police-custody-.jpg

काठमाडौं । कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडको बयान आज लिइँदै छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री खाँडसहित भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान आज लिइने भएको छ। 

वैशाख २७ गते खाँडलाई चाबहिलको मैजुबहालस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । खाँडलाई पक्राउ गरेपछि प्रहरीले मोबाइल नियन्त्रणमा लिएको थियो । 

रिजाललाई झापाबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो भने  महर्जनलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर हुन आएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। आज तीन जनाको बयान सकिए आज पक्राउ परेका अदालती सबैको बयान सकिनेछ ।

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो । हिजो पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान लिइएको थियो। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्व उपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको थियो । 

उक्त प्रकरणका आरोपितमध्ये बिहीबारसम्म १५ प्रतिवादीले बयान दिइसकेका छन् । उक्त प्रकरणका आरोपितमध्ये १८ पक्राउ परेका छन् भने १२ अझै फरार रहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ