arrow

सरकारले चलचित्र क्षेत्रलाई उपेक्षा गर्‍योः भुवन केसी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
BHUWAN KC.jpg

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताएका छन् । काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले बोर्डले आवश्यक ठानेर पठाएको मागलाई बेवास्ता गर्दै सरकारले बजेटमा चलचित्र क्षेत्रलाई उपेक्षा गरेको बताए ।

उनले नेपाली चलचित्रको प्रवर्धनका लागि स्टुडियो बनाउने कुराले खुशी बनाएपनि बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरुसँग छलफल गरी बजेट निकासा गर्न आग्रह गरेको फाइलअनुसार अर्थ मन्त्रालयले चलचित्र क्षेत्रका लागि बजेट नदिएको बताए ।

उनले बजेटमा सरकारले विदेशी चलचित्र आयात गर्ने कुरामा ५ प्रतिशत कर लगाउनुपर्ने कुरालाई बेवास्ता गर्दै १ प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति पनि असन्तुष्टि जनाएका छन् ।

केसीले भने, ‘नेपाली चलचित्रको प्रवर्धनका लागि स्टुडियो आवश्यक छ । एउटा स्टुडियो पनि नभएको अवस्थामा दुई वटा स्टुडियो अवधारणा आयो, त्यो सुन्ने बित्तिकै हामी हर्षित भयौँ, एउटा काभ्रो र अर्को दोलखाको । सरकारप्रीत हामी खुशी भयौँ । अर्को विदेशी चलचित्र आयात गर्ने बारेमा हामी सबैले छलफल गरेर सुझाव दिएका थियौँ की, विदेशी चलचित्रको शुल्क ५ प्रतिशतसम्म गरियोस् वा एक लाखसम्म गरियोस् भन्ने माग थियो । तर त्यसमा आउँदा १ प्रतिशत मात्रै आयो । हामीले चलचित्र सम्बन्धी आवश्यक कुरा मन्त्रालयमा बढाएका छौँ । यस बारेमा जानकारी लिँदा अर्थ मन्त्रालयसम्म पुगेको रहेछ । अर्थ मन्त्रालयबाट हामीले पठाएको माग भन्दा ठिक उल्टो गरी आएको छ । प्रधानमन्त्रीज्यू भारत भ्रमणबाट आउने बित्तिकै यस बारेमा कुरा गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रीले आश्वासन दिनुभएको छ।’

अध्यक्ष केसीले चलचित्र क्षेत्रलाई सरकारबाट चासो नदिएकोप्रति प्रधानमन्त्रीको भारत भ्रमणपछि विस्तृत रुपमा छलफल गर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ