arrow

सांसद सुनील शर्माको शिविरबाट दैलेखका ४६ सय बिरामीले पाए निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
Dailekh-Sibir-Photo9.jpg

दैलेख । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. सुनील शर्माले सञ्चालन गराएको शिविरबाट कर्णाली प्रदेशको दैलेखका ४ हजार ६ सय २० जना विरामीले निःशुल्क उपचार पाएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले दैलेखका तीन पालिकामा तीन दिन शिविर सञ्चालन गराएका हुन् ।
    
दैलेखको आठबीस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका र दुल्लु नगरपालिकामा शिविर सञ्चालन गरिएको हो । तीन वटा शिविरमा ४०८ जनाको मुटुको जाँच ईसीजी, १०७ जनाको ईको, ९१४ जनाको भिडियो एक्सरे र ५४२ जनाको रक्त परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । 

बुधबार आठबीस नगरपालिकामा सञ्चालित शिविरमा १ हजार ३ सय २२ जना बिरामीको उपचार गरिएको थियो । बिहीबार चामुण्डा बिन्द्रासैनी नगरपालिकामा गरिएको शिविरमा १ हजार ५ सय ६३ जना र शुक्रबार दुल्लु नगरपालिकामा सञ्चालित शिविरमा १ हजार ७ सय ५३ विरामीको निःशुल्क उपचार गरिएको छ । 
    
शिविरमा गाउँ–गाउँबाट बिरामीहरु उपचारका लागि आएका थिए । कतिपय बिरामीलाई स्टेचरमा राखेर पनि उपचारका लागि शिविरमा ल्याइएको थियो । काठमाडौंबाट विशेषज्ञ डाक्टरहरुको टोली गाउँमा पुग्दा बिरामीको भीड लागेको थियो । 
    
शिविर सञ्चालनका लागि दैलेख क्षेत्र नं. २ बाट निर्वाचित सांसद दिक्पाल कुमार शाहीले समन्वय गरेका थिए । सांसद साही र स्थानीय पालिकाहरुसँगको समन्वयमा सांसद शर्माले तीन वटै ठाउँमा शिविर सञ्चालन गराएका थिए । 

नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद शर्माले देशका विभिन्न जिल्लामा विशेषज्ञ डाक्टरको टोली पठाएर गरिब तथा विपन्न बिरामीको निःशुल्क उपचार गराउँदै आएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ