यसरी पुगे पूर्व उपप्रधानमन्त्री र पूर्व गृहमन्त्री अदालतमा (भिडियो)
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
641
Shares
काठमाडौं । सरकारका दुई पूर्व उच्च ओहोदाका नेता काठमाडौं जिल्ला अदालतमा पुगेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई आज थुनछेक बहसका लागि अदालतमा उपस्थित गराइएको हो ।
उनीहरू सहित प्रकरणमा मुछिएका १८ आरोपीहरूलाई अदालतमा उपस्थित गराइएको छ । पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आजदेखि थुनछेक बहस शुरु भएको छ ।