arrow

प्रधानमन्त्रीले धावा बोले : एमाले सचेतक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
bartaula.JPG

काठमाडौं । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा देशको सार्वभौमिकता, अखण्डता र जमिनमाथि धावा बोलेको बताएका छन् ।

आइतबार नयाँ बानेश्वरस्थिति सङ्घीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशमाथि गद्दारी गरेको बताए । 

यो देशका सिमाना विषयमा, लिपुलेक र कालापानीको विषय सत्ता भर्ने, कता कताको जमिन लिने यो देशको प्रधानमन्त्रीलाई यो मुलुकको जमिनका बारेमा यस प्रकारले बोल्ने अधिकार कसले दियो ?

उनले प्रधानमन्त्रीले देशको सार्वभौमिकता, अखण्डता र नेपालको जमिनमाथि धावा बोलेर आएको भन्दै त्यसप्रति प्रधानमन्त्रीले माफि माग्नुपर्ने बताए । उनले भने,' यो देशको सार्वभौमता, यो देशको अखण्डता, नेपालको जमिनमाथि धावा बोलेर आउनुभएको छ । उनले देशमाथि गद्दारी गरेको छ । राष्ट्रघातक गरेको छ । यसको जवाफ दिएर मात्रै पुग्दैन । माफी माग्नुपर्छ ।’

उनले नागरिकता विधेयकलाई असंवैधानिक रूपमा राष्ट्रघात हुनेगरी प्रमाणीकरण गरिएको बताए । उनले भने – ‘असंवैधानिक हिसाबले प्लेन चढ्नुभन्दा अगाडी नागरिकता विधेयक असंवैधानिक हिसाबबाट यो देशलाई राष्ट्रघातक हुने गरी उनले राष्ट्रपतिलाई प्रमाणीकरण गर्न उक्साएर, प्रमाणीकरण गरेर कोसेली लिएर जानुभयो । एक हातमा सिन्दूर अर्को हातमा नागरिकता दिने गरी आएको छु महामहिम भन्न पुग्नुभयो । त्यसलाई उनले उपलब्धि ठान्नुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ