arrow

व्यवसाय र पर्यटन प्रवर्द्धनमा एगाकाे प्रयास

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
ega.jpg

पाेखरा । इम्ब्राेइडरी एण्ड गार्मेट एसाेसिएसन (एगा) पाेखराकाे टाेली व्यवसायिक प्रवर्द्धनात्मक अध्ययन अवलाेकन भ्रमणका लागि निस्किएको छ।

नेपाल पर्यटन बाेर्ड गण्डकी प्रदेश कार्यालयकाे प्रवर्द्धनमा एगामा आवद्ध ४५ सदस्यीय टाेली भ्रमणमा निस्किएको हाे । टाेलीकाे नेतृत्व एगाका अध्यक्ष ईन्द्रप्रसाद भण्डारीले गरेका छन् ।

भ्रमण टाेलीमा पाेखरा महानगरपालिकामा पर्यटन प्रवर्द्धन समितिका उपाध्यक्ष रवीन्द्र पाैडेल, पर्यटन तथा सामाजिक अभियान्ता कृष्ण केसीसहित एगाका पदाधिकारी, सदस्य र सञ्चारकर्मी छन् ।

एगाका अध्यक्ष भण्डारीका अनुसार भ्रमण टाेली पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुकाे अध्ययन, अवलाेकनका साथै व्यवसायी र जनप्रतिनिधिहरुसँग अन्तरक्रिया हुनेछ । विशेषगरि एगासँग सम्बन्धित उद्योग र उत्पादनमूलक सामाग्रीकाे अध्ययन र अवलाेकन गर्ने भ्रमणकाे उद्देश्य रहेकाे उनले बताए।

भ्रमण टाेली मुस्ताङको काेरला नाकासम्म पुग्ने एगाका उपाध्यक्ष गाेकर्ण लम्सालले जानकारी दिए । भ्रमणका क्रममा स्थानीय स्तरमा उत्पादन भएका अल्लाे लगायतका सामाग्रीका बारेमा जानकारी लिनुका साथै बजारीकरणका बिषयमा छलफल हुने उनले बताए ।

भ्रमण टाेलीलाई साेमबार बिहान पर्यटन बाेर्ड गण्डकी प्रदेश कार्यालयका प्रवन्धक नवीन पाेखरेल, एगाका पूर्व अध्यक्ष चीरञ्जीवि पाेखरेल, कृष्णकुमार श्रेष्ठ लगायतले बिदाई गरेका थिए । साे अवसरमा पाेखरेलले स्थानीयस्तरमा उत्पादित सामाग्रीकाे प्रवर्द्धन र बजारीकरणका लागि भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले व्यवसायीबीच आपसी भाइचरा सम्बन्ध प्रगाढ बनाउन र आन्तरिक पर्यटन प्रवर्द्धनमा सघाउने बताए । एगाका पूर्व अध्यक्ष चिरञ्जीवी पाेखरेलले पर्यटन प्रवर्द्धनमा एगाले महत्त्वपूर्ण भूमिका खेल्दै आएकाे र याे भ्रमण भ्रमणमात्र नभइ व्यवसाय प्रवर्द्धनमा पनि सघाउने स्पष्ट पारे । भ्रमण टाेली शुक्रबार पाेखरा फर्किने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ