- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । गण्डकी प्रदेश स्तरीय कबड्डी संंघ गठन भएको छ । संघको अध्यक्षमा पवन कुमार प्रजापति निर्वाचित भएका छन् ।
समितिको उपाध्यक्षमा भरत कुमार श्रेष्ठ र निराजन श्रेष्ठ छन् । कार्यसमितको सचिवमा हरि जिसी र कोषाध्यक्षमा विन्दु थापा मगर छन् ।
कार्यसमिति सदस्यमा सन्दिप पन्त, हरि सिग्देल, युवराज श्रेष्ठ, रविन्द्र खाती क्षेत्री, विज्ञान नेपाली, विकास बाँनिया र तेज बहादुर विष्ट छन् ।
खेलकुद विकास ऐन २०७७ अनुसार गण्डकीमा पहिलो पटक समिति गठन भएको हो ।
प्रदेश खेलकुद परिषद् गण्डकीका कार्यकारी सदस्य ऋषिराम गौतम र नेपाल कबड्डी संघका राष्ट्रिय उपाध्यक्ष विरेन्द्र कुमार यादवको विशेष उपस्थितिमा सम्पन्न भेलामा कास्की, तनहुँ, गोर्खा, बागलुङ र म्याग्दी जिल्लाको सहभागिता रहेको थियो ।