arrow

सिरियामा भएको हवाइ आक्रमणमा कम्तीमा सातको मृत्यु

logo
प्रकाशित २०७३ असोज २७ बिहिबार
syria.jpeg
बेरुत । सिरियाको दोस्रो सहर अलेप्पोमा विद्रोहीको बलियो प्रभाव रहेको इलाकालाई लक्ष्यगरी बुधबार गरिएको हवाई आक्रमण र गोली प्रहारमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको मानवअधिकारीवादी समूहले जानकारी दिएको छ । 
 
द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका अनुसार यस आक्रमण परी घाइते भएका व्यक्तिहरुको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्यामा पनि बढ्ने अनुमान गरिएको छ । 
 
बेलायतसँग आवद्ध मानवअधिकारवादी समूह द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका अनुसार बजार इलाकालाई लक्ष्यगरी यो बमबारी भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ