arrow

सिल्क रोडको निर्माणमा युक्रेनले पनि सम्भावना देख्यो

logo
प्रकाशित २०७३ असोज २७ बिहिबार
silk-road-china.jpeg
किभ। चीनले निर्माण गर्न लागेको एक ठूलो आयोजना सिल्क रोडको निर्माणमा युक्रेनले पनि भूमिका निर्वाह गर्नसक्ने सम्भावना देखेको जानकारी दिएको छ।
 
यस सिल्क रोडको निर्माण चीनले सुरु गरेको छ। यसले युरोप, अफ्रिका र एसियाका दर्जनौँ देशलाई छुनेछ। सो आयोजनामा युक्रेनको पनि सहयोग र सम्लग्नताको कुरा आएको हो।
 
चीनको यो सिल्करोड आयोजनामा युक्रेन पनि सम्लग्न हुनसक्ने र यसबाट उसले पनि फाइदा लिनसक्ने जानकारी एकजना युक्रेनी उच्च अधिकारीले दिएका छन्।
 
युक्रेनका निर्माणसम्बन्धी उपमन्त्रीले हालै भनेका छन्, चीनले सुरु गरेको यस आयोजनाका कारण युक्रेनले पनि फाइदा लिन सक्छ र उसले पनि आफ्ना सामानको आयात निर्यातका क्षेत्रमा फाइदा लिन सक्छ।
 
चीनबाट कार्गो र रेलका माध्यमबाट चीनलाई जोड्नाका लागि युक्रेनले यसअघि पनि निकै लामो समयदेखि पूर्वाधार निर्माणका लागि काम गरिरहेको छ।
 
राजधानी किभमा हालैमात्र आयोजित किभ इन्टरनेशनल इकोनोमिक फोरममा बोल्दै युक्रेनी उपमन्त्री युगेन क्राभस्तोभले भने हामी पूर्वाधार निर्माणको चरणमा छौँ र यस रोडबाट हामी धेरै भन्दा धेरै फाइदा लिनसक्ने अवस्थामा छौँ।
 
चीनले विश्वका कैयौँ देशहरुलाई स्थलमार्गबाटै छुनेगरी सडक निर्माणको ठूलो र महत्वाकांक्षी योजना बनाएको छ। सो योजना बमोजिम चीनले विश्वको ठूलो आर्थिक योजना बनाएको हो।
 
यो सडकको निर्माणपछि कार्गो रेलको सुरुवात गर्ने र यसका कारण युक्रेनलाई फाइदा पुग्ने उनको भनाइ छ। यो सडक निर्माणका लागि युरोप र अफ्रिकाका कैयौं देशले अभियान पनि सुरु गरेका छन्। रासस÷सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ