- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ गण्डकी र जिल्ला कार्यसमिति कास्की विस्तार गरिएको छ । गण्डकीको तदर्थ समितिको अध्यक्षमा वकिलमान तुलाधर उदास चयन भएका छन् ।
संघको पोखरामा सम्पन्न भेलाले गण्डकीको अध्यक्षमा उदासलाई चयन गरेको हो । समितिको उपाध्यक्षमा विजयबहादुर भण्डारी, सचिवमा विक्रम उदास र कोषाध्यक्षमा सुन्दर श्रेष्ठ चयन भएको प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य ऋषिराम गौतमले जानकारी दिए ।
उनका अनुसार कार्यसमितिको सदस्यमा रोजी श्रेष्ठ, जगत राना (स्याङजा), भूपेन्द्र खड्का (बागलुङ), तुलबहादुर केसी (पर्वत), सन्तोष श्रेष्ठ (तनहुँ), गोकुल श्रेष्ठ (म्याग्दी), गोरे शेख मियाँ (लमजुङ), वैभव पौडेल (कास्की), जितबहादुर थापा मगर, पूर्ण श्रेष्ठ (कास्की), केशव उदास (कास्की), राज कुमा धोजु र आश्मा सुनार छन् ।
यस्तै, संघको कास्की जिल्ला अध्यक्षमा वैभव पौडेल चयन भएका छन् । समितिको उपाध्यक्षमा ई. उत्तम उदास, सचिवमा बामदेव सुवेदी, तथा सदस्यहरुमा विश्व थापा, दिपेन्द्र भारी, देउ बहादुर नेपाली, सरोज बास्तोला र हसन गुरुङ छन् ।