arrow

सही ढंगले सांसद विकास कोषलाई बुझ्न सांसद बजगाईंको आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २७ शनिबार
rajendra-bajgain-gorkha-1-congress-mp-2079-2022.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सांसद विकास कोषलाई सही ढंगले बुझ्न आग्रह गरेका छन् । उनले ग्रामीण क्षेत्रको विकासका लागि सांसद विकास कोषले राहत पुर्‍याउने भन्दै यसको अर्थ सही ढंगले बुझ्न आग्रह गरेका हुन् । 

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद बजगाईंले भने, ‘सांसद विकास कोष विगतमा पार्टीका कार्यकर्ताका लागि खर्च गर्ने कोष बन्यो, त्यसले बदनाम बनायो । तर अहिले यो निर्वाचन क्षेत्र विकास कोषको रुपमा छ, यसमा सांसदको तजबिजी चल्दैन । सांसदले जे भन्यो त्यही हुने, खर्च गर्न पाउने होइन ।’

उनले विकसित क्षेत्रमा सांसद विकास कोष आवश्यक नभए त्यस्तो क्षेत्रका सांसदले नलिएर काठमाडौंमा फोहोर प्रशोधन केन्द्र बनाउन दान गर्न सक्ने बताए । उनले भने, ‘विकसित शहरलाई यो आवश्यक छैन भने कार्यविधि बदलेर होनाहार मेयर बालेन साहलाई फोहोर रिसाइक्लिङ प्लान्ट खोल्न दिन सकिने छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ