arrow

थाइ नरेश चीरनिद्रामा, नागरिक परे शोकमा

logo
प्रकाशित २०७३ असोज २७ बिहिबार
thai-king.jpeg
बैंकक । थाइ नरेश भुमिबोल अदुल्यादेजको ८८ वर्षको उमेरमा बिहीबार निधन भएको छ । 
 
विश्वकै सबैभन्दा बढी समय राज गर्न सफल अदुल्यादेजको बैंककको एक अस्पतालमा निधन भएको हो । 
 
केही वर्षदेखि बिरामी रहेका नरेश अदुल्यादेजको निधनले सम्पूर्ण थाइल्याण्ड शोकमा डुबेको छ । 
 
विश्वकै राजपरिवारलेसमेत शोकमा साथ दिने प्रयास गरेका छन् । उनीहरुले राजा अदुल्यादेजको आत्माको शान्तिको कामनासमेत गरेका छन् । 
 
राजा अदुल्यादेजको निधन भएपछि उनका छोरा ६४ वर्षीय युवराज महा वजिरालोङ्गकोर्नलाई श्रीपेज पहि¥याइएको छ । 
 
 
राजा अदुल्यादेजको पालामा कयौं पटक सैन्य कूसमेत भएको थियो । र पनि थाइ नागरिकले उनलाई चाहे । 
 
थाइ नागरिकले जहिले पनि उनलाई नै भरोसा गरे । 
 
अदुल्यादेजको छवि एक त्यस्तो पिताको जस्तो थियो जो दयालु थियो । उनी राजनीतिभन्दा निकै माथि थिए । 
 
अदुल्यादेज संवैधानिक तरिकाले बनाइएका राजा थिए ।
 
उनको शक्ति सीमित थियो । तर थाइ नागरिकले उनलाई भगवानको दर्जा दिएका थिए । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ