arrow

कालीगण्डकीमा डुबेर दुई जना बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
kaligandaki.jpeg

नवलपरासी ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-३ कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।

गैँडाकोट नगरपालिका-३ हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुई जना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापू्र्व)का सूचना अधिकारी सन्तोष पाठकले बताए ।

नदीमा डुबेर गैँडाकोट नगरपालिका-२ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका-२ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी रहेका छन् । गर्मी छल्न भन्दै नदीमा नुहाउन जाँदा अप्रिय घटना बढ्न थालेका छन् ।

बेपत्ता भएका दुवै जनाको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको र हालसम्म अवस्था पत्ता लाग्न नसकेको सूचना अधिकारी पाठकले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ