arrow

रणवीर ‘राम’ बन्ने भएपछि कंगनाले सोधिन्- यो कस्तो कलियुग हो ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
kanganas.JPG

काठमाडौं ।  फिल्म 'रामायण' मा रामको भूमिकामा रणवीर कपुर देखिने चर्चाका बीच अभिनेत्री कंगना रनौत अचम्ममा परेकी छन् । रणवीरको लवाइ खुवाइलाई लिएर रामको भूमिकामा देखिनुमा कंगनाले आपत्ति जनाएकी छन् ।  कंगनाले रणवीरको नाम नलिइ  इन्स्टाग्राममा पोस्ट सेयर गर्दै लेखेकी छिन् जसबाट रणवीर कपुर नै हुन् भन्ने प्रष्ट हुन्छ।

उनले लेखेकी छिन्, ‘बलिउड फिल्म ‘रामायण’ आउँदै छ भन्ने सुनेको छु । जसमा जो आफूलाई अभिनेता भन्छन् देखिनेछिन् । उनलाई केही सन ट्यान चाहिन्छ र मस्तिष्क पनि। उनी अन्डरह्यान्डेड पीआर स्टन्टहरू गर्नका लागि प्रसिद्ध छन्। उनी लागूऔषधको दुर्व्यसनी हुन् र धेरै पटक केटीहरूसँग फ्लर्ट गरेको देखिएका छन् ।' 

कंगनाले रामको भूमिकामा रणवीरलाई नसुहाउने प्रष्ट पारेकी छन् । उनले बरु साउथ सुपरस्टार यशलाई रामको भुमिका सुहाउने बताएकी छन् । 

 'पहिला उनले आफूलाई भगवान् शिव सम्झे फिल्ममा पनि देखाएका थिए । यो फिल्म कसैले हेरेका छैनन् र अहिले यसको थप भाग बनाउने सोचमा छन् । अब सोही व्यक्ति फिल्ममा भगवान् रामको भूमिका निभाउनेछन् । जहाँ एक युवा साउथ सुपरस्टार छन् जो आफूलाई सेल्फ मेड बताउँछन्। उनी पारिवारिक मानिस पनि हुन् र परम्परागत कुरामा विश्वास गर्छन्। उनी अलि भगवान् रामजस्तै देखिन्छन्। उनको अनुहारको फिचर राम्रो छ, तर उनी रावणको भूमिकामा देखिनेछन्। यो कस्तो कलियुग हो? जय श्री राम।'

निर्देशक नितेश तिवारीले केही दिन अघि फिल्म 'रामायण' को घोषणा गरेका थिए। फिल्ममा रणवीर कपुरले रामको भूमिका निर्वाह गर्ने र सीताको भूमिका आलिया भट्टले गर्ने बताइएको छ । रावणको भूमिकामा यश देखिने बताइए पनि  निर्माण टिमले पुष्टि गरेको छैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ