arrow

डीएलएमा प्यानल बिना निर्वाचन, अधिकांश विजेता गगन–शेखर निकटका 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
sitaram-kc-dla-president.jpg

चितवन । नेपाली कांग्रेस निकट कानून व्यवसायीहरुको संगठन नेपाल डेमोक्रयाटिक लयर्स एसोसिसन (डीएलए) मा यस पटक कुनै प्यानल बिना निर्वाचन भएको छ । 

कांग्रेसका अधिकांश भ्रातृ तथा शुभेच्छुक संगठनहरुमा पार्टीकै समूह अनुसारको प्यानल बन्ने गरे पनि डीएलएमा भने प्यानल बनाउन निषेध गरिएको थियो । प्यानल बनाउन नपाएपछि व्यक्तिगत रुपमा भएको निर्वाचनमा अधिकांश कांग्रेस महामन्त्री गगनकुमार थापा र नेता शेखर काेइराला निकट उम्मेदवारहरु विजयी भएका छन् । 

यसअघि इन्जिनियर्स एसोसिएसनमा पनि अधिकांश महामन्त्री थापा र नेता शेखर काेइराला निकटकै उम्मेदवारहरु विजयी भएका थिए । कांग्रेसका अधिकांश भ्रातृ तथा शुभेच्छुक संगठनमा थापा–काेइराला निकट उम्मेदवारहरु लोकप्रिय देखिएका छन् । 

त्यस्तै एक वर्षअघिदेखिको हिसाब गर्दा शिक्षक संघ र नेपाल प्रेस युनियनमा पनि गगन–काेइराला पक्षकै नेतृत्वले जित हासिल गरेको थियो । 

चितवनको रत्ननगरमा शुक्रबारदेखि शुरु भई शनिबार मतदान भएको डीएलएको ११औँ महाधिवेशनबाट वरिष्ठ अधिवक्ता सीताराम केसी अध्यक्षमा विजयी भएका छन् । उनलाई निवर्तमान महासचिव लक्ष्मीदेवी दाहाल रावलले पछ्याएकी थिइन् ।  

अध्यक्षमा केसी र दाहालसँगै केदार कार्की, लक्ष्मण थपलिया र कृष्ण घिमिरे भुषणले पनि प्रतिस्पर्धा गरेका थिए । 
 
निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा जगन्नाथ ढकाल र महिला उपाध्यक्षमा कविता थापा कार्की विजयी भएका छन् । त्यसैगरी हरेक प्रदेशबाट एक एक जना केन्द्रीय उपाध्यक्ष निर्वाचित हुने व्यवस्था अनुसार कोशीबाट कविता बस्नेत, मधेसबाट रमानन्द शाह, बागमतीबाट जनकराज श्रेष्ठ, गण्डकीबाट भूमिश्वर शर्मा गौतम, लुम्बिनीबाट विष्णुप्रसाद धिताल, कर्णालीबाट पदमबहादुर शाही र सुदूरपश्चिमबाट गंगाराम उपाध्याय उपाध्यक्षमा निर्वाचित भएका छन् । 

डीएलएको महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी, सचिवमा शिवप्रसाद रेग्मी, महिला सचिवमा धनमाया राना र कोषाध्यक्षमा हरिबहादुर बस्नेतले जित हासिल गरेका छन् ।  

त्यसैगरी केन्द्रीय सदस्यमा अफताब आलम, गोविन्दराम परियार, प्रविण महर्जन, सतेन्द्र प्रजापती, अमितकुमार कर्ण, सुनील पाण्डे, दिपेन्द्र अधिकारी, प्रदीप कार्की, दामोदर तिम्सिना चिरन, किरण पौडेल, चक्रबहादुर थापा, दुर्गाप्रसाद पोखरेल, प्रज्वल अधिकारी, विनोद अधिकारी, हरिप्रसाद रेग्मी, हरिप्रसाद पन्त, विष्णुकुमारी शर्मा, भरतबहादुर सिंह, सीता रेग्मी योन्जन, मन्दिरा अधिकारी, बसुन्धारा थापा, मनमाया पाठक, अमलराज शाही र विष्णु खनाल निर्वाचित भएका छन् ।  

तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न देशभर झण्डै १६ सय महाधिवेशन प्रतिनिधिहरु रहेकामा ११ सयले मात्र मत हालेका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ