arrow

रामेछापमा कान्छारामका ठेक्काले कांग्रेस बदनाम, अविश्वासको प्रस्ताव ल्याउने तयारी [पत्रसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
purna-bahadur-tamang-ramechhap-congress-mp-2079-2022.jpg

रामेछाप । पार्टीका नेताले ठेक्कापट्टा लिँदा कत्तिको असर पर्छ भन्ने कुरा बुझ्न यतिबेला रामेछाप गए छर्पष्ट हुन्छ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति एवं सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) को कार्यशैलीले रामेछापको विकासको गति रोकिएको र सिङ्गो पार्टी नै जिल्लामा बदनाम हुन पुगेको आरोप छ । 

रामेछापका लामो समयदेखि योगदान दिएका पार्टीका पाका नेताहरुसमेत हेपाइमा परेपछि असन्तुष्ट नेताहरुले केन्द्रीय समितिलाई नै झक्झक्याएका छन् । उनीहरुले सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, प्रदेश प्रमुख इन्द्र बानियाँ, सहमहामन्त्री बद्री पाण्डे लगायतलाई ध्यानाकर्षण पत्र बुझाइसकेका छन् । 

कान्छारामले पार्टीलाई विधि र पद्धतिमा सञ्चालन नगरी मनोमानी गरेको भन्दै पार्टी जोगाउनका लागि पूर्व सभापति रामचन्द्र खड्का, महाधिवेशन प्रतिनिधिहरु भरत चौलागाई, युवराज भट्टराई, विनिता खड्का, मिना कार्की, रामकुमारी डाँगीलगायत महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, प्रदेश कमिटीलगायतका ४६ जना नेता कार्यकर्ताले ११ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन् । उनीहरुले ध्यानाकर्षण पत्रमा कान्छारामलाई कारबाहीको माग गरेका छन् । 

कान्छारामले पार्टी सञ्चालनका क्रममा गरिएका गलत कार्यविरुद्ध फरक मत राख्ने कांग्रेस नेताहरुमाथिसमेत स्पष्टीकरण नसोधी गालीगलौज गर्दै कारबाही गर्ने गरेको लगायतका आरोप उनीमाथि छ । 

महाधिवेशन प्रतिनिधि भरत चौलागाईले भने, ‘जिल्लामा ९५ प्रतिशत मानिस सभापतिको खिलापमा छन् । पार्टी पूरै ध्वस्त गराएको आरोप उहाँमाथि छ । उहाँको विरोध गर्यो कि कारबाही भइहाल्छ । जिल्लाभरबाट म एकललाई कारबाहीको सिफारिस गरिएको छ । अनुशासन समितिलेसमेत पनि अनुमोदन गरेको छैन । विद्रोही उठेकालाई आफूखुशी कारबाही फिर्ता गर्ने र हामीजस्ता पार्टीप्रति कटिबद्ध भएकालाई कारबाही सिफारिस गरिएको छ ।’

चौलागाईले भने, ‘उहाँले सांसदको टिकट कांग्रेसले नभइ प्रचण्डले दिएको भनेर भन्दै हिँड्नुहुन्छ अनि विरोध गर्यो कि असभ्य भाषा प्रयोग गर्नुहुन्छ, गाली गर्नुहुन्छ ।’

त्यस्तै महाधिवेशन प्रतिनिधि विनिता खड्काले कार्यकर्ताको भावना विपरीत निजी कम्पनी चलाएजस्तो पार्टी चलाएको, कामकारबाही एकलौटी चलाउने गरेको, मनोमानी ढंगले गर्दा कांग्रेसको शाख गिरेको भन्दै अब भनेको नभए अविश्वासको प्रस्ताव ल्याउने बताइन् । 

पीडितहरुले तत्काल समानान्तर पार्टी अफिस खोलेर कारबाहीका लागि माहोल बनाउने बताएका छन् । यसको मुख्य उद्धेश्य नै अविश्वासको प्रस्ताव ल्याएर कारबाही गर्ने नै हुने एक महाधिवेशन प्रतिनिधिले बताए । 

अहिले कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेवीसंघ) को समानान्तर समिति बनिसकेको छ ।

कान्छारामका ठेक्काले रामेछापमा मात्र हैन अन्य जिल्लामा पनि बदनाम कमाएको छ । उनीविरुद्ध संसदमासमेत चर्चा भइसकेको छ । 

यस्तो छ १३ बुँदे ध्यानाकर्षण पत्र–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ