arrow

स्वीमिङ पुलमा डुबेका बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
death_1618213452.jpg

पोखरा । पोखरामा स्वीमिङ पुलमा डुबेका एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ८ आलुमाइला चोक निवासी अमृत थापाका १० वर्षीय छोरा एनेक्स थापा रहेका छन् । 

पोखराको बाटुलेचौरमा सञ्चालित स्वीमिङ पुलमा शनिबार साँझ ६ः३० बजे पौडी खेल्नेक्रममा डुबेर थापा गम्भीर घाइते भएका थिए । 

उनलाई तत्कालै उद्धार गरि उपचारका लागि दीप अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको राति ७ः०० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार बालकको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ