arrow

पवित्र नगरी काशीमा मंगलबारसम्म जी-२० बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २९ सोमबार
kasi-g-20.JPG

काठमाडौं । जी-२० का विकास मन्त्रीहरू भारतको वाराणसीमा रहेका छन् । विकास मन्त्रीहरू आइतबारदेखि तीन दिनसम्म आयोजना हुने मन्त्रीस्तरीय बैठकमा भाग लिन पवित्र नगरी काशी पुगेका हुन् । बैठक भोलि मंगलबारसम्म चल्नेछ । 

युरोपेली सङ्घ, औद्योगिक एवम् विकासोन्मुख राष्ट्रसहित विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका १९ देश मिलेर बनेको जीट्वेन्टी बैठकमा ब्राजिल, जर्मनी, जापान, इन्डोनेसिया र चीनका प्रतिनिधि वाराणसीमा छन् । 

विमानस्थलमा विदेशी पाहुनालाई अवधको फरुवाही नृत्य टोली र काशी विश्वनाथ डमरु वदन समितिले भव्य स्वागत गरेको थियो । विमानस्थलमा विदेशी पाहुनाले डमरु वदन र भारतीय नृत्य पनि प्रस्तुत गरेका थिए । 

पवित्र नगरी काशीमा अष्ट्रेलियाका राजनीतिज्ञ प्याट्रिक कोनरोय, भारतका लागि ब्राजिलका राजदूत मौरिसियो लिरियो, अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त जुट्टा उर्पिलेनेन, जर्मनीका आर्थिक सहयोग तथा विकास मन्त्री स्वेन्जा शुल्जे, जापानी मन्त्री शुन्सुके ताकेई र चीनका झाओ यिफान लगायत छन् । 

 बैठकको अध्यक्षता भारतका विदेशमन्त्री एस जयशङ्करले गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ