arrow

वडाध्यक्षले राखे आफ्नो कार्यकक्षमा 'ग्रेटर नेपाल' को नक्सा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २९ सोमबार
greater-map-wadadhaksya.jpg

काठमाडौं  ।  वडा अध्यक्षहरूले आफ्नो कार्यकक्षमा बृहत् नेपाल (ग्रेटर नेपाल ) को नक्सा राख्न थालेका छन् ।   काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन शाहले ग्रेटर नेपालको नक्सा राखेपछि वडाध्यक्षहरूले पनि नक्सा राख्न थालेका हुन् ।  झापा इलाम लगायत देशका विभिन्न पालिकाका वडाहरूमा वडाध्यक्षहरूले ग्रेटर नेपालको नक्सा राखेका छन् । 

झापाको दमक नगरपालिका वडा नं. ७ र ८का वडाध्यक्षले ग्रेटर नेपालको नक्सा सजाएका छन् । ७ का वडाध्यक्ष भीम पौड्यालले आफ्नो कार्यकक्षमा ग्रेटर नेपाल को नक्सा राखेका छन् ।  आइतबार वडाध्यक्ष पौड्यालले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् । वडा अध्यक्षको कार्यकक्षमा राखिएको ग्रेटर नेपालको नक्सामाथि पृथ्वीनारायण शाहको तस्बिर पनि राखिएको छ ।

साथै दमक नगरपालिका वडा न  ८ का  वडाध्यक्ष दिपेश दाहालले पनि  आइतबारै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । इलामा नगरपालिका १० का वडाध्यक्ष दिलीप प्रधानले पनि आफ्नो  कार्यकक्षमा  ग्रेटर नेपालको नक्सा राखेका छ्न । 

केही दिनअघि मेयर बालेनले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका थिए ।   पछिल्लो समय भारतले नेपालको भूमि समेत समावेश गरि सांस्कृतिक नक्सा तयार गरेको प्रसङ्ग पश्चात् नेपालमा उक्त विषय पेचिलो बन्दै गएको छ । साथै उक्त नक्सा बारे नेपालको संसद्मा पनि चर्चा परिचर्चा सुरु भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ