- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राजेश मेमोरियल क्यान्सर रिलिफ फाउन्डेसनले संस्थाको चौथो वर्ष प्रवेशमा ‘स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम’ अन्तरगत क्यान्सर रोग विषयमा राजधानीमा प्रवचनको आयोजना गर्यो ।
बानेश्वरमा आयोजित कार्यक्रममा सिनियर जीआई सर्जन तथा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. सुनिलकुमार शर्मा ढकालले विभिन्न किसिमका क्यान्सरबारे बोले ।
प्रमुख अतिथि डा. शर्माले शरीरका विभिन्न भागमा हुने क्यान्सरका विषयमा बोल्दै हरेक नागरिकले यसतर्फ सचेत हुनुपर्ने र समयमै चिकित्सकसँग सल्लाह लिनुपर्ने बताए ।
उनले निको हुन सक्ने क्यान्सर नेपालमै उपचार गरे पनि निको हुने र निको नहुने जुनै मुलुकमा गए पनि निको हुन नसक्ने बताए ।
उनले क्यान्सर हाम्रो दुश्मनका रूपमा उभिएको हुँदा यसबारे हरेकले बुझ्नुपर्ने, जानकारी राख्नुपर्नेमा जोड दिए ।
हरेक मानिसले सकारात्मक सोच राख्नुपर्नेमा जोड दिँदै डा. शर्माले क्यान्सर रोगबारे प्रत्येक व्यक्तिले सचेत हुनुपर्ने बताए ।
उनले स्तन क्यान्सर, फोक्सोको क्यान्सर, घाँटीको क्यान्सर, पाकस्थलीको क्यान्सर, आन्द्राको क्यान्सर, प्रोस्टेटको क्यान्सरबारे जानकारी दिए ।
डा. शर्माले फाउन्डेसनले जनचेतनाका अभिवृद्धिकासाथै क्यान्सर स्कृनिङ जाँच शिविर संचालन गर्दै आएकोमा उक्त कामको प्रशंसा गरे ।
कार्यक्रममा डा. राजेशका बालसखा तथा बागमती प्रदेशसभाका सांसद सुरजचन्द्र लामिछाने, फाउन्डेसनका अध्यक्ष जनार्दन आचार्य र विष्णुबहादुर सिलवालले फाउन्डेसनको गतिविधिबारे बोलेका थिए ।