arrow

'दृश्यम ३' आउँदै, अजय र मोहनलालको फिल्म एकै साथ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
ajaya-mohanlal.JPG

काठमाडौं । बलिउड अभिनेता अजय देवणन र दक्षिण भारतीय सुपरस्टार मोहनलालको फिल्म 'दृश्यम ३' एकै साथ रिलिज हुने भएको छ ।  

अजयले अभिनय गरेका दृश्यमको सिक्वेलहरु सुपरस्टार मोहनलालको मलयालम फिल्म ‘दृश्यम’ को रिमेक हुन् । अब दुवै जनाको फिल्म एकै साथ रिलिज हुने भएको छ ।

‘दृश्यम’ को हिन्दी र मलयालम दुवै टिमले फिल्मको तेस्रो भाग एकैसाथ छायाङ्कन गरी भारतमा एउटै मितिमा रिलिज गर्ने योजना बनाएका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक अभिषेक पाठक र उनका लेखकहरूले फिल्म 'दृश्यम ३' को लागि आधारभूत कथानक तयार गरेका छन्। 

मलयालम फिल्म 'दृश्यम'का निर्देशक जीतु जोसेफ र उनको टोलीले यसलाई मन पराएको छ र अब यसलाई पटकथामा रूपान्तरण गर्ने काम भइरहेको छ। 

मोहनलाल मलयालमको ‘दृश्यम ३’ मा जर्ज कुट्टीको भूमिकामा देखिनेछन् । 

योसँगै अजय हिन्दीको ‘दृश्यम ३’ मा विजय सालगाउँकरको भूमिकामा देखिनेछन् । 

फिल्म सन् २०२४ सम्ममा रिलिजको तयारीमा छ । 

अजय देवगनको फिल्म ‘दृश्यम’ र ‘दृश्यम २’ बलिउडमा निकै मन पराइएको फिल्म हो। 

पहिलो भाग सन् २०१५ र दोस्रो सन् २०२२ मा रिलिज भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ