arrow

थपिए कोरोनाका संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
corona-omicron-nepal.jpg

काठमाडौँ । नेपालमा कोरोना भाइरसको महामारी अझै कायमै छ । केही दिन बिराएर शून्यमा झरे पनि पूर्णरुपले नियन्त्रणमा भने आउन सकेको छैन । 

बुधबार थप छ संक्रमित थपिएका छन् । १८९ जनाको पीसीआर परीक्षणबाट १ जना र ३६० जनाको एन्टिजेन परीक्षणबाट ५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पीसीआर परीक्षणबाट थप २ जना संक्रमणमुक्त भएका छन् । योसँगै पीसीआर परीक्षणबाट पोजेटिभ पाइएका सक्रिय संक्रमितको संख्या भने ६ रहेको छ । 

एन्टिजेनको तथ्यांक मन्त्रालयले राखेको छैन । थप ४ हजार ४२७ जनाले खोप लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ