arrow

डुंगा पल्टिँदा १०३ जनाको मृत्यु, सय बढीको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
boat-accident-2023.jpg
तस्बिर – फाइल ।

अबुजा । नाइजेरियामा डुंगा पल्टिँदा १०३ जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाहबाट फर्केका मानिस सवार डुंगा पल्टिँदा १०३ जनाको मृत्यु भएको हो । 

क्वारा राज्यको पाटेगी जिल्लाको नाइजर नदीमा डुङ्गा पल्टिएको राज्यका प्रहरी प्रवक्ता ओकासान्मी अजयले बताए । उनका अनुसार डुंगा दुर्घटनाबाट १०३ जनाको मृत्यु भएको छ भने सयभन्दा बढीको उद्धार गरिएको छ ।  

अफ्रिकाको सबैभन्दा लामो नाइजर र बेनु नदीहरू बीचको संगमको नजिक रहेको क्षेत्रमा यसअघि पनि डुंगा दुर्घटना भएका थिए ।

मे २०२१ मा भएको डुंगा दुर्घटनामा १६० जनाको मृत्यु भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ