arrow

कृषि विकास बैंक बन्यो लक्की मिडिया अवार्डको बैकिङ पार्टनर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
krishi-bikash-bank-lucky-award-2080-03-01.jpg

चितवन । चितवनमा हुन लागेको एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८० को लागि कृषि विकास बैंक लिमिटेड र लक्की मिडिया हाउस चितवनबीच सम्झौता भएको छ । कार्यक्रमको बैकिङ पार्टनरका लागि दुई पक्षबीच सम्झौता भएको हो ।

कृषि विकास बैँक लिमिटेड प्रदेश कार्यालयका निर्देशक खुर्सेद अहमद, बरिष्ठ शाखा प्रमुख नुर प्रसाद गौतम, नारायणगढ शाखाका प्रवन्धक दिपक बराकोटी र लक्की मिडिया हाउसका महाप्रवन्धक हरि कार्की ‘लक्की’ बीच सम्झौता गरिएको छ ।

चितवनमा हुन लागेको राष्ट्रियस्तरको कार्यक्रमलाई सफल बनाउनका लागि बैँकको तर्फबाट सहयोग गर्न पाउँदा आफुलाई खुसी लागेको कृषि विकास बैँक लिमिटेड प्रदेश कार्यालयका निर्देशक खुर्सेद अहमदले बताए ।  

नेपालमा २८५ भन्दा बढी कार्यालय र शाखाहरुले सेवा दिदै आएको कृषि विकास बैँकले नेपाली कृषि क्षेत्रको उन्नतीका लागि किसानहरुको सारथीको रुपमा काम गर्दै आएको छ ।

चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्न आयोजना गरिएको अवार्ड कार्यक्रमका लागि कृषि विकास बैँकको तर्फबाट बैकिङ्ग पार्टनको रुपमा गरिएको सहयोग प्रति लक्की मिडिया हाउसका महाप्रबन्धक कार्कीले धन्यवाद ज्ञापन गरे । 

लक्की मिडिया हाउसले रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो, च्यारीटी शो, एकल साँझ, विभिन्न सांगितिक कार्यक्रमहरु, सम्मान कार्यक्रम गर्दै सिने क्षेत्रको प्रवद्र्धनका लागि काम गर्दै आइरहेको छ । लक्की मिडिया हाउसले चितवनमा गर्न लागेको अवार्ड वितरण कार्यक्रमको तयारीलाई तीव्र बनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ