arrow

मन्त्रालयलाई बालेनले लेखे आदिपुरुषबारे पत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
Balen.jpg
तस्बिर – फाइल ।

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साह (बालेन) ले आपत्तिजनक शब्द नहटाएसम्म नेपालमा भारतीय चलचित्र चल्न नदिने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेका छन् । 

 उनले दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक संवाद चलचित्रबाटै हटाउन कुटनीतिक पहल थाल्न आग्रह गरेका छन् । 

आदिपुरुषमा रहेको उक्त संवाद हटाएर सेन्सर बोर्डले नेपालमा सञ्चालनका लागि स्वीकृति दिएको बेला महानगर प्रमुख साहले मन्त्रालयलाई पत्राचार गरेका हुन् । 
 
यसअघि उनले संवाद नहटाएसम्म काठमाडौँमा कुनै पनि हिन्दी चलचित्र चल्न नदिने बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ