arrow

शनिदेवको प्रिय दिनमा दुई पटक काल बेला, कस्तो होला राशिफल ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २ शनिबार
rashifal-horoscope-4.jpg

आजको पञ्चाङ्ग

मिति २०८० असार २ गते शनिबार, इस्वीसंवत जून १७ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढकृष्णपक्षको चतुर्दशी तिथि बिहानमा ०८ः४४ बजेसम्म त्यसपछि अमावश्य तिथि लाग्नेछ । नक्षत्रमा रोहिणी दिनमा ४ः४४ बजेसम्म त्यसपछि मृगशिरा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शूल ५० घटि ४७ पलासम्म त्यसपछि गण्ड योग लाग्नेछ ।

करणमा चतुष्पद अहोरात्र रहनेछ । आनन्दादि योगमा श्रीवत्स रहनेछ । सूर्य मिथुन राशिमा, चन्द्रमा वृष राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३४ घटि ३५ पला अर्थात १३ घण्टा ५३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः१० बजे यम मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ०७ः०० बजे हुनेछ । यस्तै, चन्द्रउदय रातिमा ३ः२० बजे हुनेछ भने चन्द्रअस्त दिनमा ५ः३० बजे हुनेछ । आज विश्व खडेरी विरुद्ध संघर्ष दिवस रहेको छ ।

आजको राशिफल

मेष : मेष राशिका लागि आजका दिन सुखद् रहनेछ । कार्यउन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । आर्थिक उन्नतिका साथै भौतिक वस्तुबाट लाभ रहनेछ । मित्र सुख मिल्नेछ । शत्रु पक्ष दुर्वल देखिन्छन् । नयाँ कार्य गर्ने उत्साह मनमा छाउनेछ । पारिवारिक सुख मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् । प्रेममा पारख बढ्नेछ । आय आर्जनका स्रोत बढ्नुका साथै सन्तति सुख पनि प्राप्त हुने देखिन्छ । विद्या एवं स्वास्थ्यको क्षेत्र सबल रहनेछ ।

वृष : वृष राशिका लागि आजको दिन फलदायी रहनेछ । शत्रुपक्ष सबल रहनेछन् । कार्यक्षेत्रमा पनि केही संघर्ष गर्नुपर्ने देखिन्छ । व्यवसायिक दृष्टिले लाभदायी रहनेछ । धातुजन्य वस्तु लाभदायी रहनेछन् । विद्याको क्षेत्र सफल रहनेछ । कला सृजनाका साथै अध्ययनमा विशेष संलग्नता रहनेछ । वाक्कलामा वृद्धि देखिन्छ । धातुजन्य वस्तु आजको दिन लाभदायी रहनेछन् । आफन्तजनबाट पनि साथ सहयोग मिल्नेछ । स्वास्थ्यमा भने सजगता अपनाउनु उपयुक्त हुने देखिन्छ ।

मिथुन : मिथुन राशिका लागि आजको दिन उन्नतिदायी रहनेछ । विशेष यात्राका योग देखिन्छन् । वृत्ति लाभका साथै नयाँ कार्य व्यवसायमा मन प्रवृत्त रहनेछ । भौतक वस्तु लाभदायी रहनेछन् । गृह सुख मिल्नुका साथै धार्मिक कार्यमा अधिक संलग्नता रहनेछ । आध्यात्मिक दृष्टिले पनि आज सुखद् देखिन्छ । प्राज्ञिक कार्यमा रुचि जाग्नेछ । शत्रु पक्ष भने आजको दिन सक्रिय रहन सक्नेछन् । कार्यमा सजग रहनु नै उचित हुनेछ ।

कर्कट : कर्कट राशिका लागि आजको दिन मिश्रित रहनेछ । कार्यक्षेत्रमा संघर्षका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । सामाजिक कार्यमा रुचि रहनेछ । बोलिको विशेष प्रभाव रहनुका साथै राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा सफलताका साथै कला साहित्यमा विशेष आकर्षण रहने देखिन्छ । पारिवारिक सुख मिल्नेछ । स्वास्थ्यमा भने सजग रहनु नै उचित रहनेछ ।

सिंह : सिंह राशिका लागि आजको दिन सुखद् रहनेछ । आर्थिक उन्नतिका सथै कार्यक्षेत्रमा पनि सफलता मिल्ने देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । आर्थिक वृद्धिका परिसूचकहरू देखा पर्नेछन् । अध्ययन अध्यापनको क्षेत्र फलदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि जाग्नेछ । पारिवारिक सुख मिल्नुका साथै सन्ततिप्रेम बढ्नेछ । प्रेम जीवन पारखिलो रहनेछ । सम्बन्धमा पनि प्रगाढता थपिनेछ । जलीय वस्तुबाट विशेष लाभ रहने समय रहेको छ ।

कन्या : कन्या राशिका लागि आजको दिन उल्लेख्य रहनेछ । कर्मप्राप्तिका योग देखिन्छन् । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै नयाँ कार्य योजनमा मन अग्रसर रहनेछ । विद्याको क्षेत्र पनि आजको दिन उन्नत रहनेछ । शत्रु निर्वल रहनेछन् । कीर्ति वृद्धि हुनुका साथै कार्योन्नतिका योग पनि देखिन्छन् । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । धार्मिक आध्यात्मिक क्षेत्र पनि सफल नै देखिन्छ ।

तुला : तुला राशिका लागि आजको दिन फलदायी रहनेछ । कार्यक्षत्रेमा संघर्ष गर्नुपरे पनि प्रतिफल सुखद् रहनेछ । आर्थिक पक्ष सबल देखिन्छ । वाक् क्षेत्रमा भने संयम अपनाउनु नै उचित हुनेछ । शत्रु पक्षको सक्रियताले कार्यमा अधिक समय खर्चिनुपर्ने देखिन्छ । कला साहित्यको क्षेत्र उत्तम रहनेछ । कलाका क्षेत्रमा विशेष रुचि जाग्नेछ । यात्राका अवसर पनि मिल्नेछन् । आफन्तजनबाट पनि विशेष लाभ हुने देखिन्छ । सामाजिक कार्यमा मन अभिप्रेरित रहनेछ ।

वृश्चिक : वृश्चिक राशिका लागि आजको दिन मिश्रित फलदायी रहनेछ । आफन्तजनबाट साथ सहयोग प्राप्त हुनेछ । प्राज्ञिक क्षेत्र आजको दिन लाभदायी रहनेछ । बौद्धिक कार्यमा संलग्नता रहनुका साथै कला सृजनामा पनि सफलता मिल्नेछ । सन्तान सुख मिल्नुका साथै उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । स्वास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ । कार्यक्षेत्रमा अधिक संलग्नता रहने देखिन्छ । भौतिक वस्तु मध्यम फलदायी रहनेछन् । शत्रु पक्ष सबल रहनुका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ ।

धनु : धनु राशिका लागि आजको दिनमा यात्रादायी रहनेछ । कार्य प्राप्तिका साथै आर्थिक उन्नतिका योग पनि देखिन्छन् । भौतिक वस्तु लाभदायी रहनेछन् । व्यापार व्यवसायमा वृद्धिका साथै जलीय वस्तु विशेष लाभदायी रहनेछन् । राजनीतिक क्षेत्र पनि आज उन्नत नै रहनेछ । बोलीमा ओज बढ्नेछ । स्वास्थ्यको क्षेत्र मध्यम देखिन्छ । जलीय वस्तुबाट सजग रहनु उचित हुनेछ । धार्मिक कार्यमा पनि चाख बढ्नेछ ।

मकर : मकर राशिका लागि आजको दिन फलदायी रहनेछ । बौद्धिक कार्यमा रुचि जाग्नेछ । व्यापार बढ्नुका साथै व्यवसायबाट पनि लाभ हुने देखिन्छ । वाक्कलामा वृद्धि हुनेछ । शत्रु पक्ष निस्तेज रहनेछन् । मित्रजनबाट साथ सहयोग मिल्नुका साथै नयाँ कार्यमा संलग्नता रहनेछ । आफन्त एवं परिवारजनबाट साथ सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्र फलदायी रहनेछ । कला साहित्यमा पनि संलग्नता रहनेछ । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ ।

कुम्भ : कुम्भ राशिका लागि आजको दिन मिश्रित फलदायी रहनेछ । धनको क्षेत्र सबल देखिन्छ । पराक्रम बढ्नुका कार्य प्राप्तिका योग देखिन्छन् । मित्रजनको साथ सहयोग मिल्नुका साथै उल्लेख्य कार्य सम्पादन हुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्ने देखिन्छ । पे्रम जीवन मध्यम फलदायी रहनेछ । शत्रु पक्षको प्रभावले कार्यमा विलम्ब गराउन सक्नेछ । स्वास्थ्यमा पनि सजग रहनु उचित हुनेछ ।

मीन : मीन राशिका लागि आजको दिन फलदायी रहनेछ । कार्यक्षेत्रमा संघर्ष गर्नुपरे पनि परिणाम सुखद् नै रहने देखिन्छ । आर्थिक क्षेत्र मध्यम फलदायी रहनेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै कार्य क्षेत्रमा सफलता हात पर्ने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । मित्र सुख मिल्नुका साथै प्रेममा पनि पारख बढ्नेछ । शत्रु पक्ष भने सबल रहन सक्नेछन् । स्वास्थ्यको क्षेत्र पनि आजको दिन मध्यम फलदायी रहनेछ । शीतजन्य वस्तुबाट सजग रहनु नै उचित हुनेछ ।

साइतः सूर्य मिथुन राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व दिशाको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला

बिहान ०५ः०७ बजेदेखि      ०६ः५१ बजेसम्म     काल बेला
बिहान ०६ः५१ बजेदेखि      ०८ः३५ बजेसम्म     शुभ बेला
बिहान ०८ः३५ बजेदेखि      १०ः१९ बजेसम्म     रोग बेला
बिहान १०ः१९ बजेदेखि       १२ः०३ बजेसम्म    उद्धेग बेला
दिनमा १२ः०३ बजेदेखि       १ः४७ बजेसम्म     चर बेला
दिनमा १ः४७ बजेदेखि        ३ः३१ बजेसम्म      लाभ बेला
दिनमा ३ः३१ बजेदेखि        ५ः१५ बजेसम्म      अमृत बेला
साँझ ५ः१५ बजेदेखि        ६ः५९ बजेसम्म       काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ