arrow

विद्रोहीको नियन्त्रणको आठ वर्षपछि उडान शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
Aeroplane.jpg

साउदी । यमनको राष्ट्रिय वायुसेवा कम्पनी, ‘यमनिया एयरवेज’ले हुथी विद्रोहीको नियन्त्रणमा रहेको सानाबाट साउदी अरबका लागि करिब आठ वर्षको सेवा अवरोधपछि सिधा उडान पुनः शुरु गरेको छ ।

यमनको राजधानी सानालाई साउदी शहर जेद्दाह र मदिनासँग जोड्ने यो उडानको उद्देश्य यमनी तीर्थयात्रीहरूलाई राज्यमा यात्रा गर्न मद्दत गर्नु रहेको बताइएको छ । 

योे यमनमा शान्तिका लागि मार्ग प्रशस्त गर्न जारी अन्तर्राष्ट्रिय प्रयासहरूको बीचमा अर्को सफलताको प्रतीक हो ।

सन् २०१४ मा हुथी विद्रोहीको नियन्त्रणमा आएपछि साना अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान बन्द गरिएको छ ।

सन् २०२२ को मे महिनामा यमनियाले संयुक्त राष्ट्रसङ्घको मध्यस्थतापछि साना र जोर्डनको राजधानी अम्मानबीच बीचबीचमा उडान सञ्चालन गरेको थियो ।

यी उडानहरूले यात्रु ओसारपसारलाई सुविधा प्रदान गर्नुका साथै यमनवासीहरूलाई विदेशमा चिकित्सा उपचार गर्न सहयोग पुर्‍्याएको थियो । 

हुथी लडाकूसमूहले सन् २०१४ मा यमनका विभिन्न उत्तरी शहरहरू आफ्नो नियन्त्रणमा लिएपछि र यमन सरकारलाई सानाबाट सत्ताच्युत गरेपछि यमन सैन्य द्वन्द्वमा फसेको छ ।

यमनी द्वन्द्वका कारण ठूलो सङ्ख्यामा हताहत हुनुका साथै अरब विश्वको सबैभन्दा गरिब देशलाई व्यापक अनिकाललगायत मानवीय सङ्कटमा फसाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ