arrow

वामदेवको इच्छा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
bamdev-gautam1623315745.jpg

काठमाडौं ।  नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो राजनीतिक योगदान नेकपा (एमाले)मा रहेकाले सोही पार्टीमा रहने इच्छा व्यक्त गरेका छन्  ।  

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आइतबार  भएको  भेटमा सांसद गौतमले  आफूलाई एमालेमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष ओलीसँग आग्रह गरेको प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए । 

भेटमा गौतमले आफूलाई पार्टीमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष ओलीसँग आग्रह गरेको जानकारी पनि विष्टले दिए । 

एमालेले ७० वर्ष उमेर हद हटाएपछि राष्ट्रियसभाका सदस्य गौतम पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न पार्टी केन्द्रीय कार्यालयमा पुगेका थिए ।

उमेर हद हटाएपछि गौतमलाई एमाले फर्किन बाटो खुला भएको थियो ।  सो प्रावधान हटेलगत्तै आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको गौतमले बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ