arrow

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ पोखरा महानगरमा थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
arjun bahadur thapa.jpg

पोखरा । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ पोखरा महानगर कमिटीको अध्यक्षमा अर्जुनबहादुर भुजेल (थापा) निर्वाचित भएका छन् । 

महासंघको प्रथम अधिवेले थापालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । उनी पोखरा महानगरपालिका वडा नं. ७ का सदस्य एवं पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य पनि हुन् । 

कमिटीको उपाध्यक्षमा जसबहादुर गुरुङ र सीताकुमारी गुरुङ, सचिवमा पूर्णकुमार श्रेष्ठ, उपसचिवमा युवराज गुरुङ, पार्वती श्रेष्ठ र कोषाध्यक्षमा प्रेमकुमार गुरुङ छन् ।

कमिटीको सदस्यमा धनमाया रोक्कामगर, ओमप्रसाद गुरुङ, खिमबहादुर फगामी पुन, तुलबहादुर पुनमगर, खिमप्रसाद पुर्जा पुन, बाबुराम श्रेष्ठ, माया जिसी, हुमबहादुर गुरुङ, रेशमबहादुर जिसी, निरसुब्बा गुरुङ, राजकुमारी गुरुङ र मीराकुमारी राई छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ