arrow

ट्विंकलले खुलाइन् अक्षयसँग विवाह गर्नुको रहस्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
twinkekl-aa.JPG

काठमाडौं ।  बलिउड अभिनेता अक्षय कुमार आफ्नो अभिनय र परिवारका कारण चर्चामा रहन्छन् । अक्षय कुमारकी पत्नी ट्विंकल खन्नाले अभिनय करियर छोडेकी भए पनि उनी दिनहुँ चर्चामा रहन्छिन्  ।  

सामाजिक सञ्जालमा निकै सक्रिय रहने ट्विंकल खन्नाले अहिले फादर्स डेको अवसरमा एउटा पोस्ट सेयर गरेकी छिन् जसले मानिसहरूको ध्यान तानिरहेको छ ।

यो तस्बिरमा उनी पति अक्षय कुमारसँग देखिएकी छिन् । ट्विंकल खन्नाले तस्बिरको क्याप्शनमा लेखेकी छिन्, 'मैले मिस्टर केसँग विवाह गर्नुको एउटा कारण मैले उहाँलाई आफ्नो परिवारसँग व्यवहार गरेको देखेँ र उहाँ असल बुबा बन्नुहुनेछ भन्ने थाहा थियो।' 

अक्षय कुमार र ट्विंकल खन्नाले सन् २००१ मा विवाह गरेका थिए र यी जोडीका दुई सन्तान छन् । अक्षय कुमार र ट्विंकल खन्नाको छोराको नाम आरव र छोरीको नाम नितारा हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ