arrow

पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
Taplejung-hamrakura.jpeg

ताप्लेजुङ ।  ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन् । आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो । सुरेशका बाबु ६७ वर्षीय वृद्ध केशरबहादुर  बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवं प्रहरी निरीक्षक कुसराम कार्कीले मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी राई परिवारका छोराको मृत्यु र बाबु बेपत्ता हुनुभएको  जानकारी दिए । 

त्यस्तै सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भिर घाइते भएको  प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।  वर्षाको क्रम निरन्तर रहेकाले बेपत्ता हुनेको खोजी कार्यमा समस्या भएको मेहेलेका स्थानीय कमल कडरियाले जानकारी दिए । उनका अनुसार पहिरोमा गम्भिर घाइते एका राजकुमार राईलाई उपचारमा लैजानका लागिसमेत समस्या भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ